०३ असार २०८३, बुधबार

भारतको गणनामा नेपालीभाषी छुटे, विदेशी भन्दै लखेटिने त्रास

साउन २०, २०७५
भारतको गणनामा नेपालीभाषी छुटे, विदेशी भन्दै लखेटिने त्रास

सिलिगुडी–३ जुलाईमा भारतको उत्तरपूर्वी राज्य मणिपुर सरकारले एउटा विधेयक पारित गर्‍यो । ‘मणिपुर पिपुल बिल’ विधानसभाबाट पारित भएसँगै मणिपुरमा नेपालीभाषीसहितका अल्पसंख्यक त्रस्त छन् ।
३० जुलाईका दिन उत्तरपूर्वी भारतकै अर्को राज्य असम सरकारले घोषणा गरेको नेसनल रजिस्टर अफ सिटिजन (एनआरसी) मा ४० लाखभन्दा बढी नागरिक सूचीकृत हुन पाएनन् जसमा एक लाख हाराहारी नेपालीभाषी पनि छुटे ।

यी दुई घटनाले पूर्वोत्तर भारतका मणिपुर, मिजोरम, नागाल्यान्ड, अरुणाञ्चल, असम, मेघालयलगायत राज्यमा बसोबास गर्ने नेपालीभाषी (गोर्खा) मा थातथलोको चिन्ता बढ्न थालेको छ । उनीहरू ‘विदेशी’ को लाञ्छना लगाएर ती राज्यले लखेट्ने पो हुन् कि भन्ने चिन्तामा छन् । 
मणिपुरमा पारित विधेयकले सन् १९५१ भन्दा अघिदेखि त्यहाँ बसोबास गर्दै आएकालाई मात्र मणिपुरी नागरिक मानेको छ । विदेशी घुसपैठ रोक्न र राज्यका आदिवासीको सुरक्षाका लागि यो विधेयक ल्याइएको सत्तारूढ भारतीय जनता पार्टीले जनाएको छ । तर मणिपुरमा बसोबास गर्दै आएका अधिकांश अल्पसंख्यक समुदाय सन् १९५१ पछि मात्रै आएको पाइएको छ । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 
 

salt training

कमेन्ट गर्नुहोस्