२१ असार २०८३, आइतबार

खाडीमा रोजगारीका लागि पैसा बुझाएका महिला होटेलमा बन्धक

साउन २०, २०७५
खाडीमा रोजगारीका लागि पैसा बुझाएका महिला होटेलमा बन्धक

नयाँदिल्लीबाट गतसाता उद्धार गरिएका ६८ नेपाली महिलालाई गैरकानुनी रूपमा अरब मुलुक पठाउन खोजिएको पुष्टि भएको छ । उद्धार गरिएका ७१ नेपाली महिलामध्ये ६८ जनालाई दिल्ली हुँदै अरब पठाउन लागिएको पुष्टि भएको हो । उनीहरूमध्ये १६ जनालाई मंगलबार काठमाडौं ल्याइएको छ, ३६ जनालाई शनिबार साँझ दिल्लीबाट भैरहवातर्फ ल्याइएको छ । बाँकी १६ जनालाई मंगलबार मात्रै दिल्लीबाट नेपाल फर्काउने तयारी छ । आजको नयाँ पत्रिका दैनिकमा विस्तृत खबर छापिएको छ । 

नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरिप्रसाद ओडारीले दिल्ली महिला आयोग र दिल्ली प्रहरीको समन्वयमा तीन स्थानमा छापा मार्दा ७१ नेपाली महिला भेटिएको बताए । उनका अनुसार १४ साउनमा दक्षिण दिल्लीको मुनिरकामा १६, १५ साउनमा मैदानगढीमा १६ र १६ साउनमा पहाडगन्जमा ३९ युवती भेटिएका थिए । पहाडगन्जमा सुरुमा ५२ जना महिला भेटिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्