१२ असार २०८३, शुक्रबार

अमेरिकामा डुंगा चलाइरहेका व्यक्ति हावा चलेपछि पुगे रुस, परे पक्राउ

अमेरिकामा डुंगा चलाइरहेका व्यक्ति हावा चलेपछि पुगे रुस, परे पक्राउ

काठमाडौं – अमेरिकाका एक नागरिकलाई रुसका सीमारक्षकहरूले हिरासतमा लिएका छन् । उनलाई जासूसी गरेको वा गैरकानूनी रूपमा रुस पसेकोमा नभई भूलवश सीमा पार गरेको आरोपमा पक्राउ गरिएको हो ।

अमेरिकाका जोज मार्टिन अलास्काको युकोन नदीमा डुंगा चलाइरहेका थिए । उनले डुंगा लिएर अलिकति पर जानेबित्तिकै मौसम बिग्रियो । अनि त जोन अमेरिका र रुसबीच रहेको बेरिङ समुद्रमा हराए ।

दुई हप्तापछि जोन किनारमा बल्लबल्ल पुग्दा सीमारक्षकहरूले पक्राउ गरे । बल्ल पो जोनलाई अमेरिकामा नभई रुस पुगेको थाहा लाग्यो । 

रुसको परराष्ट्र मन्त्रालयले जारी गरेको बयानमा सीमा प्रहरीले मार्टिनलाई चुकोत्का प्रान्तको लवरेन्तियाबाट पक्राउ गरेको बताए । यसबारेमा अमेरिकी दूतावासलाई खबर गरिएको छ । 

रुसको परराष्ट्र मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभले बताएअनुसार, स्थानीय अधिकारीले उनलाई चुकोत्काको राजधानी अनादिर पु–याइनेछ । अमेरिकी दूतावासले पनि जोनलाई आफ्नो देश फर्काउनका लागि हरसम्भव मद्दत गर्ने बताएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्