२४ असार २०८३, बुधबार

कायरा–आक्रामक व्यापार, अधिकांश हल हाउसफुल

कायरा–आक्रामक व्यापार, अधिकांश हल हाउसफुल

काठमाडौं- अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र कायरा यही शुक्रवारबाट प्रदर्शनमा आएको छ ।

पहिलो दिनबाटै आक्रामक व्यापार गरेको चलचित्रले तेस्रो दिन पनि उस्तै दर्शक पाएको छ ।

चलचित्रका निर्देशक लक्ष्मण रिजालले भने, ‘हामीले बम्पर व्यापार गर्छ भनेका थिएनौं, तर जुन सोच राखेका थियौं त्यो भन्दा माथीको व्यापार गरेको छ, दर्शक तान्न सफल भएको छ, यो खुसीको कुरा हो ।’ उनले कायरा अहिले एक करोडमाथीको व्यापारमा उक्लिएको बताए । फिल्मको ओपनिङ अकुपेन्सी ६० प्रतिशत थियो ।

शुक्रवारभन्दा फिल्मको कलेक्सन ग्राफ शनिवार उकालो लागेको छ । आईतवार देशैभरीको शो आ“कलन गर्दा चलचित्र हेर्ने दर्शक निरन्तर वढिरहेका छन् । विशेषतः कायरालाई युवा वर्गले रुचाएका छन् । आर्यन र साम्राज्ञीको जोडीको तारिफ भएको छ ।

काठमाण्डौंका अधिकासं जसो हल हाउसफुल रहेको निर्माण पक्षले बताएको छ ।

जय नेपाल, कुमारी, सिभिल मल, लबिम मल, बीग मुभिजमा चलचित्रले पाएको सबै शोमा हाउसफुलका साथ दर्शकले फिल्म हरिरहेका छन् । त्यस्तै राजधानीका गोपीकृष्ण, गुण, गंगा जस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हल पनि हाउसफुल छ । त्यस्तै, काठमाण्डौ बाहिरका चितवन, पोखरा, बुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि दर्शकको उपस्थिति आक्रामक देखिएको वितरक सुनील मानन्धरले जानकारी बताए । उनले ‘कायरा’ को कलेक्सन यस वर्ष प्रदर्शनमा आएका अन्य चलचित्रहरुमध्ये सवैभन्दा उच्च रहेको दाबी गरेका छन् ।

मुसालधारे पानीका बाबजुद पनि दर्शकहरु चलचित्र हेर्न आउनु सुःखद् कुरा हो, निर्देशक रिजाल थप्छन्, ‘चलचित्रलाई दर्शकले मन पराउनुभएको छ, हामी सम्पुर्ण चलचित्र टिम खुसी छौं ।’ फिल्मका निर्माता समेत रहेका अभिनेता आर्यन सिग्देलले दर्शकको साथप्रति कृतज्ञ रहेको बताए । उनले धेरै समयपछि दर्शकलाई राम्रो लभस्टोरी चलचत्रि दिन सफल भएको महसुस भएको बताए । चलचित्रका निर्देशक लक्ष्मण रिजाल हुन् । उक्त चलचित्रमा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ ।

कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् । आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । यो फिल्ममा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । शिवराम श्रेष्ठले फिल्मका हरेक सिन खिचेका हुन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको कायरामा दिनेश थापा र दिवस पराजुली सह–निर्मातामा छन् ।

salt training

कमेन्ट गर्नुहोस्