३१ असार २०८३, बुधबार

आज कम्युनिटी शील्ड प्रतिस्पर्धा दुवै टोली जित्न चाहँदैनन्, कारण यस्तो

आज कम्युनिटी शील्ड प्रतिस्पर्धा दुवै टोली जित्न चाहँदैनन्, कारण यस्तो

काठमाडौं – प्रिमियर लीग फूटबल शुक्रवारदेखि शुरू हुँदैछ र त्यसभन्दा अघि कम्युनिटी शील्ड खेलाइने चलन छ । आइतवार कम्युनिटी शील्डमा म्यानचेस्टर सिटी र चेल्सी भिड्दैछन् ।

अघिल्लो सीजनको प्रिमियर लीग विजेता र एफए कप विजेताबीच कम्युनिटी शील्ड खेलाइने गरेको छ । 

सिटी लीगविजेता हो भने चेल्सीले एफए कप जितेको हो ।

तर कम्युनिटी शील्ड जित्नका लागि कुनै पनि टोली उत्साहित रहने गरेको छैन किनकि यो शील्ड जित्ने टोलीले प्रायः लीग जित्दैन । 

सन् १९०८ देखि अहिलेसम्म कम्युनिटी शील्ड जितेका १४ टोलीले मात्र लीग जितेका छन् । 

अझ सन् २०१०–११ को सीजनपछि त झन् कुनै पनि क्लबले यो ट्रफी जितेपछि प्रिमियर लीग जित्न सकेको छैन ।

यसका बावजूद यसलाई सीजनको कर्टन रेजरका रूपमा लिइन्छ ।

एजेन्सी

 
 

salt training

कमेन्ट गर्नुहोस्