
सुर्खेत– सुर्खेतमा सञ्चालनमा आएका विभिन्न १४ ओटा एम्बुलेन्सहरु सञ्चालनकर्ताहरुले नयाँ भाडादर तय गरेका छन् ।
संयुक्त एम्बुलेन्स चालक संघ नेपाल शाखा कार्यालय सुर्खेतका अध्यक्ष डिलबहादुर नेपालीका अनुसार अब भ्याली भित्र ग वर्गको लागि आउने र जाने गरेर ४०० र ख वर्गको सेवाकालागि ८०० सेववा सुल्क कायम गरिएको छ ।
यो वीरेन्द्रनगरको ५ किलोमिटसम्मका लागि तय गरिएको भाडादर हो । सो भन्दा बढी भएको खण्डमा प्रतिकिलोमिटर रु ४० का दरले सेवा शुलक थप हुने अध्यक्ष नेपालीको भनाई छ । यता छिन्चु जाजरकोट मार्गमा न्यूनतम दर ५५०० छ भने अधिकतम ११ हजार जाजरकोट सम्मको सेवा शुल्क तय गरिएको छ ।
कर्णाली राजमार्गका लागि बडिचौरकालागि न्युनतम २३०० कायम गरिएको छ भने कालीकोट सम्मकालागि १४ हजार सेवा सुल्क तय गरिएको देउती अस्पतालको एम्बुलेन्स सञ्चालक मोहनबहादुर विष्टले जानकारी दिए ।
बडिडचौर देखि पश्चिमतर्फकालागि कम्तिमा ५५०० तय गरिएको छ भने, गुटु बजारका लागि ७००० सेवा शुल्क तय गरिएको छ ।
त्यस्तै, रत्नराजमार्ग तर्फ कोहलपुरकालागि ५ हजार छ भने लखनउसम्म १५ हजार भाडादर कायम गरिएको छ । यो भाडा दुइतर्फि नै हो ।
यस्तै दैलेखतर्फकालागि न्यूनतम १२ सय देखि दैलेख बजारसम्म ६ हजार दुइतर्फि भाडा तय गरिएको बताइएको छ । धुलियाविट देखि धुलावारीसम्मका लागि न्यूनतम एक हजार देखि भेडावारीसम्मका लागि ५७०० रुपैंया भाडादर कायम गरिएको छ ।
नारायणगढको लागि रु २५ हजार तथा काठमाडौं वा पोखराकालागि ३० हजार दुई र्फि भाडादर कायम गरिएको बताइएको छ ।