१९ असार २०८३, शुक्रबार

वंगलादेशमा डाक्टरी पढ्ने विद्यार्थीले सरकारलाई दिए ७२ घण्टाको अल्टिमेटम, माग पूरा नभए अनशन बस्ने !

वंगलादेशमा डाक्टरी पढ्ने विद्यार्थीले सरकारलाई दिए ७२ घण्टाको अल्टिमेटम, माग पूरा नभए अनशन बस्ने !

काठमाडौं– बंगलादेशमा एमबीबीएस (डाक्टरी) अध्ययन गर्ने नेपाली विद्यार्थीहरुको संगठन ‘नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेश’का अध्यक्ष नविन यादवले चिकित्सा शिक्षा अध्ययन गर्न बिदेशमा पुगेका विद्यार्थीहरुको बारेमा उठेका प्रश्न र समस्याहरु ७२ घण्टाभित्र सरकारले सम्बोधन गर्ने प्रयास नथाले कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन । 

आइतबार रिपोर्टर्स क्लब नेपालमा एशोसिएशनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले यस्तो चेतावनी दिएका हुन् ।
 
उनले भने, ‘नेपाली समाजले कुनै पनि कुराको परिणाममात्रै देख्छ तर त्यसको पछाडिको कारण कहिल्यै जान्दैन, वर्तमान समयमा राज्यका विभिन्न स्थानमा बसेर काम गरिसकेका व्यक्तिहरुले नै विदेशमा चिकित्सा शिक्षा अध्ययन गर्न पुगेका विद्यार्थीहरुको अस्तित्व र भविष्यमाथि विभिन्न प्रकारका प्रश्नहरु खडा गर्नुभएको स्थिति छ ।’

अध्यक्ष यादवले अघि थपे, ‘अहिले चिकित्सा शिक्षा अध्ययन गर्न ८ हजार नेपाली विद्यार्थीहरु विदेशमा छन्, तिनीहरुसँग नेपालका एजुकेशन कन्सल्टेन्सीहरुले चर्को शुल्क लिने गरेका छन्, तर विदेशमा पुगेका विद्यार्थीहरुको अवस्थाका बारेमा कुनै जानकारी नलिने, सोधिखोजि नगर्ने स्थिति छ, यसका बारेमा सरकारले तत्काल छानविन गर्नुपर्छ, नेपाली मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयको स्विकृतिमा विदेशमा पढ्ने जाने तर प्रायजसो विदेशका कलेजहरु कालो सूचिमा परिसकेको हुने र विद्यार्थीहरु कालो सूचिमा परेका कलेजहरुमा पढ्न बाध्य हुने स्थिति छ, बंगलादेशमा ३७ वटा मेडिकल कलेजहरु कालो सूचिमा परेका छन ।’ 

नेपाल मेडिकल काउन्सिल र एजुकेशन कनसल्टेन्सीको मिलेमतोमा मापदण्ड नपुगेका बिदेशी कलेजहरुलाई स्वीकृति दिने गरेका दाबी गर्दै उनले भने, ‘कालो सूचीमा परेका ८ देखि १० वटा मेडिकल कलेजमा करिब १ सय ५० जना जति नेपाली विद्यार्थीहरु अध्ययनरत छन्, तिनीहरुलाई नेपालमै स्थानान्तरण गर्न र एजुकेशन कन्सल्टेन्सीहरुलाई छानविन गरि दोषीलाई कानूनी कारबाही गर्न जोडदार माग गर्दछु ।’

पत्रकार सम्मेलनमा मधेशी चिकित्सक संघका प्रवक्ता डा. विनय पञ्जियारले नेपालको स्वास्थ्य शिक्षा विश्वकै उत्कृष्ट भएको भन्दै विदेशमा पढ्न जाने विद्यार्थीहरुलाई रोक्न सरकारलाई सुझाव दिएका छन् । 

उनले भने, ‘नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले उठाएका मागहरु जायज छन्, हाम्रो समर्थन छ, देशभरका सम्पूर्ण चिकित्सक, संघ संस्थाहरुलाई वर्तमान समयमा देखिएका समस्या समाधान गर्नको लागि पनि आग्रह गर्दछु ।’

यस्तो छ विज्ञप्ती

प्रेस विज्ञप्ति


मिती – २०७५–०४–१९

हाम्रो देशमा सहि र गलत को छानबिन गर्नु भन्दा पहिला त्यसलाई  निन्दा गर्ने कि झुठा तारिफ गर्ने , यी दुइ वटा पक्षमा हामि  तयार हुन्छौ ! यसले गर्दा  एउटा मार हुन्छ  हरेक  सचाई झुठमा परिणत भएको छ र हरेक  झुठलाइ  सच्चाई  बनाइएको छ !
केही दिन यता बंगलादेशको मेडिकल शिक्षा अध्ययनलाई लिएर अनेकन टिका टिप्पणीहरु आउने क्रम जारी नै छ । देशमा ब्यवस्थित,गुणस्तर  एवं आधुनिक मेडिकल शिक्षा पद्धती नहुनु, मेडिकल कलेजको संख्या तुलनात्मक रुपमा निकै कम हुनु र भएका कलेजहरुमा समेत बिधार्थीले पढ्न पाउने सिटको संख्या कटाईनु र पर्याप्त कोटा नहुनु लगायतका बाध्यताका कारण नेपाली  बिधार्थीहरु आफ्नो भबिष्य सुनिश्चित गर्ने उदेश्यले बिदेश पलायन हुन बाध्य भएको वास्तविकता सबैलाई अवगत नै छ । 
आफ्नै देशमा चलिरहेका केही कन्सल्टेन्सीहरुले बिधार्थीहरुलाई झुक्याएर भने अनुसारको कलेजमा  भर्ना नगराउने, कलेजहरुबाट प्रति बिधार्थी ५ देखि ७ लाख कमिसन पाउने स्वार्थमा नेपाली बिधार्थीहरुलाई अनेकन समस्याबाट प्रताडित बनाउने पाईने गरेको छ ।नेपाल मेडिकल काउन्सिल र कन्सल्टेन्सीको मिलेमतोमा कालो सुचिमा परेका कलेजलाइ स्वीकृति दिइनुले नेपाली बिधार्थिहरु यस्ता समस्याका शिकार बन्न बाध्य छन् !
नेपाल सरकारको आधिकारिक निकाय नेपाल मेडिकल काउन्सिलको लापरबाही नै यि समस्याहरुको मुख्य कारक हो । शिक्षा मन्त्रालय एवं नेपाल मेडिकल काउन्सिलबाट स्विकृती ( एनओसी ) पाएर पढ्न गएका बिधार्थीहरुले बंगलादेश लगायत अन्य मूलुकका केही कलेजहरु कालोसूचिमा परेको पाएपछि बिचल्लि हुने गरेको यथार्थता छर्लङ्ग छ । 
पूर्वमन्त्री एवं सांसद पद सम्हालेका केही बरिष्ठ ब्यक्तित्वहरुबाट वंगलादेशको पठनपाठनका बिषयमा आएका अभिव्यक्तिहरुले हामी मेडिकल शिक्षा अध्ययनरत बिधार्थीहरुलाई झन शसंकित बनाएको छ । हरेक सचाई, हक र अधिकारको चिजलाई राजनीति तरिकाले मात्र नहेरियोस, हामीले यति बुझेका छौ कि राजनीति र सचाई बिल्कुलै फरक कुरा हुन् !  तसर्थ सरकारसंग हामी निम्नलिखित मागहरु यथाशीर्घ पुरा गर्न आह्वान गर्दछौं, अन्यथा कडा भन्दा कडा आन्दोलनमा उत्रन हामी बाध्य हुनेछौं । 

मागहरु
१.बंगलादेश लगायत बिदेशका कलेजहरुमा अध्ययनरत ८ हजार बिधार्थीहरुको पठन पाठनका बिषयमा नेपाल सरकारको आधिकारिक धारणा तत्काल सार्वजनिक गरियोस् । 
२.शिक्षा मन्त्रालय एवं नेपाल मेडिकल काउन्सिलबाट स्वीकृती पाएर बिदेशका बिभिन्न कालो सूचिमा परेका कलेजहरुमा पढ्दै गरेका नेपाली बिधार्थीहरुलाई नेपाल कै मेडिकल कलेजहरुमा स्थानान्तरण गरियोस् । 
३.बिदेशका कलेजमा मेडिकल शिक्षा अध्ययन गरिरहेका नेपाली बिधार्थीहरुको ईन्टर्न्शिपको व्यवस्था नेपालकै मेडिकल कलेजहरुमा गरियोस् । 
४.नेपाली बिधार्थीहरुलाई सहयोगका नाममा ठगि गर्ने, झुक्याउने एवं वंगलादेश, चीन, रसिया, फिलिपिन्स पठाउने  कन्सल्टेन्सिहरु माथि छानबिन गरी तत्काल मुद्धा चलाईयोस् । 

५. बिदेशिन बाध्य भएका केही निर्दोश नेपाली बिधार्थीहरुको बिभिन्न समस्या एवं केहि  समय यता भएको नेपाली बिधार्थिहरुको आत्महत्याका  बिषयमा नेपाल सरकारले न्यायिक छानबिन टोली गठन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याईयोस् । 
६. सरकारले कम्तिमा पनि सम्पूर्ण मेडिकल कलेजमा बिशेषज्ञता तह मा १५ सय भन्दा बढी एमडी÷एमएस÷एमडिएस मा सिट निर्धारण गरियोस् । 
हाम्रा यी मागहरु ७२ घण्टा भित्र संवोधन गर्नका निम्ति सरकारले कुनै पनि कदम नचालेको खण्डमा आमरण अनसन सम्मका कडा भन्दा कडा आन्दोलनमा उत्रन हामी बाध्य हुनेछौं र हाम्रा यी जायज मागहरु प्रति ऐक्यवद्धता जनाउन सम्पूर्ण नागरिक समाज, सञ्चारकर्मी साथीहरु, अभिभावक, न्यायप्रेमी जनता र सरोकारवाला संघ संगठनहरुमा अपिल गर्दछौं

 

salt training

कमेन्ट गर्नुहोस्