२६ असार २०८३, शुक्रबार

काठमाडौंमा फेला परेका नुरप्रसादलाई झिकाउन चितवन अदालतको आदेश

काठमाडौंमा फेला परेका नुरप्रसादलाई झिकाउन चितवन अदालतको आदेश

चितवन– जिल्ला अदालत चितवनले गोरखा फुजेलका कृष्ण अधिकारी हत्यासम्बन्धी मुद्दामा जाहेरवाला नुरप्रसाद अधिकारीलाई झिकाउन पुनः आदेश गरेको छ । अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले आज उक्त आदेश गरेको हो । 

शर्माले वादी, प्रतिवादी र जाहेरवालाका अधिवक्ताको बहस सुनेपछि अदालती बन्दोबस्तीको ११० को रित पुर्‍याइ अधिकारीलाई पुनः म्याद जारी गर्न आदेश गरेका अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले बताए । 

यसअघि फागुन १३ गते न्यायाधीश शर्माले अधिकारीलाई झिकाउन म्याद जारी गरेका थिए । सो समयमा जिल्ला अदालत गोरखाका कर्मचारीले व्यक्ति र परिवार नभेटेपछि घर नजिकैको चौताराको पिपलको बोटमा म्याद टाँस गरेका थिए । सो कार्य रितपूर्वक नभएको भन्दै बदर गरी पुनः म्याद जारी गरिएको हो । 

अदालतका साक्षी संरक्षण अधिकृत गम्भीर घिमिरेका अनुसार म्याद जारी गर्दा स्वयं व्यक्ति, नभेटिए घरका जहान, त्यो पनि सम्भव नभए घरको मूल ढोकामा म्याद टाँस गर्नुपर्ने हुन्छ । यसअघि रित नपुगेका कारण पुनः म्याद जारी गर्न आदेश भएको हो । घिमिरेका अनुसार भदौ ४ गते अधिकारीलाई अदालतमा हाजिर हुने गरी म्याद जारी गरिने भएको छ । 

अदालतमा आज वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुली, जाहेरीवालाका तर्फबाट वरिष्ठ अधिवक्ता बाबुराम गिरी र अधिवक्ता ईन्द्र अर्यालले बहस गरेका थिए । त्यसैगरी प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता धर्मराज आचार्य, मुक्ति प्रधान, रमण श्रेष्ठ र अधिवक्ता दिनमणि पोखरेलले बहस गरे । 

२०७० सालदेखि वेपत्ता रहेका भनिएका नुरप्रसाद अाइतवार काठमाडाै‌ंमा फेला परेका छन् । अामा ग‌ंगामायाकाे अनुराेधमा प्रहरीले खाेजी गर्दा नुरप्रसाद काठमाडाै‌ंकाे सानेपामा फेला परेका हुन् । 

प्रहरीकाे 'नियन्त्रण'मा रहेका नुरप्रसादलार्इ अदालतमा उपस्थित गराउन अादेश जारी भएपछि प्रहरीले नै उनलार्इ अदालतमा उपस्थित गराउन सक्ने जनाइएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्