३० असार २०८३, मंगलबार

गणेश लामा दोषी ठहर : एक वर्ष कैद र डेढ करोडकाे सम्पत्ति जफतको सजाय

गणेश लामा दोषी ठहर : एक वर्ष कैद र डेढ करोडकाे सम्पत्ति जफतको सजाय

काठमाडौं – गुण्डा नाइके भनिएका गणेश लामा सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर भएका छन् ।

गुण्डागर्दीलगायत अपराधिक कार्यबाट अकूत सम्पत्ति आर्जन गरेको मुद्दामालाई विशेष अदालतले लामालाई दोषी ठहर गरेको हो ।

विशेष अदालतले लामाविरुद्ध १ वर्षको कैद र १ करोड ४० लाख ५० हजार रुपैयाँ बिगो असुल हुने गरी सम्पत्ति जफतको सजाय सुनाएको छ ।  

लामाले गुन्डागर्दीबाट अवैध सम्पत्ति आर्जन गरेको भन्दै २७ करोड १ लाख रुपैयाँ बिगो दाबी गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । 

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीशहरू द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको संयुक्त इजलाशले लामालाई दोषी ठहर गरेको हो ।

सम्पत्ति सुद्धीकरण विभागले  ५ जेठ २०७० मा लामासहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

लामाले अवैधानिक रुपमा आर्जन गरेको भनिएको सम्पत्तिमध्ये १ करोड ४० लाख ५० हजारको मात्रै स्रोत नखुलेकाले सो बराबरको सम्पत्ति जफत गर्ने फैसला भएको विशेष अदालतका रजिष्ट्रार भीम श्रेष्ठले लोकान्तरलाई बताए ।

सम्पत्ति सुद्धीकरण विभागले गणेश लामासहित पाल्साङ लामा, रञ्जु लामा, विनोद लामा, राकेश लामा र लक्ष्मी लामाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । लामाको १ करोड ४० लाख ५० हजारको सम्पत्तिबाहेक अन्य सबैको सम्पत्तिको स्रोत खुलेको अदालतले जनाएको छ ।

गणेश लामाबाहेक अन्यले अदालतबाट सफाइ पाएका छन् । 

हाल हातहतियार तथा खरखजानासम्बन्धी मुद्दाको पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका लामाले बिहीवारदेखि विशेष अदालतको फैसलाअनुसार पनि कैद भुक्तान गर्नुपर्ने छ । 
 

salt training

कमेन्ट गर्नुहोस्