१० साउन २०८३, आइतबार

नेकपा अध्यक्ष प्रचण्डले अर्को महिना भारतको भ्रमण गर्ने, दिल्लीबाट फर्के लगत्तै चीन

नेकपा अध्यक्ष प्रचण्डले अर्को महिना भारतको भ्रमण गर्ने, दिल्लीबाट फर्के लगत्तै चीन

काठमाडौं–प्रमुख सत्तारुढ घटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी महिना दक्षिणी छिमेकी भारतको भ्रमण गर्ने भएका छन् । १० दिनको अन्तरलामा प्रचण्डले दिल्ली र बेइजिङ भ्रमण गर्ने तयारी गरिरहेका छन् । 

नेकपा स्रोतका अनुसार प्रचण्ड सेप्टेम्वर ७ अर्थात भदौ २२ गते भारतको राजधानी दिल्ली जानेछन् । दिल्लीबाट फर्के लगत्तै १७ सेप्टेम्बर अर्थात १ असोजमा उनी चीन भ्रमणमा जाने तयारी गरेका छन् । यद्यपि भ्रमणको तालिका गोप्य राखिएको छ । 

भारत भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री नरेन्द्र मोदी लगायत उच्च राजनीतिक नेतृत्वसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यस्तै चीन भ्रमणमा रहँदा प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङसंग भेट्ने तयारी छ । 

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा बनेपछि प्रचण्डले छिमेकी राष्ट्रको भ्रमण गर्न लागेका हुन् । नेकपा नेताहरुकाअनुसार प्रचण्डको भ्रमण मुलतःदुई देशबीचको सम्बन्ध विस्तार र नेपालले लिएको आर्थिक समृद्धिको एजेण्डामा छिमेकीको सद्भाव जुटाउनु हुनेछ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न भ्रमणका क्रममा भएका सहमति कार्यान्वयका लागि वातावरण सहज बनाउनु भ्रमणको उदेश्य रहेको नेकपा नेताहरु बताउँछन् ।

नेपालमा दुईतिहाई बहुमतसहितको सरकारको नेतृत्व गरेको पार्टी नेकपामा अध्यक्ष प्रचण्डको एक हप्ताको फरकमा हुन लागेको भ्रमणलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्