
काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यही हप्ता इरानमाथि प्रतिबन्ध लगाएकोमा इरानले खतरनाक तरिकाले बदला लिनसक्ने साइबर सुरक्षा र जासूसी विशेषज्ञहरूले अनुमान गरेका छन् ।
ट्रम्पसँग बदला लिनका लागि इरानले अमेरिकाविरुद्ध साइबर आक्रमण गर्नसक्ने उनीहरू बताउँछन् । ट्रम्पले इरानसँगको आणविक सम्झौताबाट अमेरिकालाई निकालेपछि इरानले साइबर आक्रमण गर्ने चिन्ता व्यक्त गरिएको छ ।
मंगलवार अमेरिकाले तेहरानविरुद्ध आर्थिक प्रतिबन्धलाई फेरि लागू गरेपछि खतरा बढेको विशेषज्ञहरू बताउँछन् ।
उता इरानले आफ्नो साइबर क्षमताको प्रयोग आक्रामक उद्देश्यका लागि नगर्ने जनाएको छ । अमेरिकाले बरू आफूहरूलाई तारो बनाइरहेको उसको भनाइ छ ।
रिकर्डेड फ्युचर नामक साइबर सुरक्षा कम्पनीले विगत केही हप्तायता इरानले धम्कीसहितका गतिविधि बढाएको बताएको छ । अमेरिकाको राष्ट्रिय जासूसी निर्देशक कार्यालयमा इरान व्यवस्थापक नोर्म रुलले इरान साइबरस्पेसमा प्रतिकार गर्ने
आशंका गरेका छन् ।
एजेन्सी