२८ जेठ २०८३, बिहीबार

‘तीजको बेला नाच बरिलै’ बजारमा

‘तीजको बेला नाच बरिलै’ बजारमा

काठमाडौं – लोक तथा दोहोरी गायक सुजन बराइलीले ‘तीजको बेला नाच बरिलै’ बोलको गीत बजारमा ल्याएका छन् ।

गीतमा गायक बराइलीले मनमा जति सुकै पीर भए पनि वर्ष दिनको चाड तीजका बेला दुःखलाई सुखमा बदलेर खुशीका साथ मनाउन आग्रह गरेका छन् । गायक बराइलीको लय तथा शब्द सिर्जना रहेको उक्त गीतमा चर्चित गायिका पूर्णकला विसीले स्वर दिएका छन् ।

मल्लाजी म्युजिक प्रालिमार्फत् बजारमा आएको सो गीतमा गायक तथा निर्देशक प्रकाश बराइलीको निर्देशन, वीरेन्द्र भाट विपीनको छाँयाकन र उदिराम खड्काको सम्पादन रहेको छ । यसअघि गायक बराइलीका बाबा विश्वकर्मा, बोलाइ पासो भो, जिउन सिकायो, पर्वते ठिटो र जालैजोलगायत दर्जन गीत बजारमा उपलब्ध छन् ।

salt training

कमेन्ट गर्नुहोस्