२२ जेठ २०८३, शुक्रबार

गृहजिल्ला चितवनमा तनाव छल्दै प्रचण्ड : पत्नी, छोरी र नाति प्रसिद्धसँगै गरे र्‍याफ्टिङ

गृहजिल्ला चितवनमा तनाव छल्दै प्रचण्ड : पत्नी, छोरी र नाति प्रसिद्धसँगै गरे र्‍याफ्टिङ

काठमाडौं – राजनीतिक तनाव छल्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् ।

काठमाडौंमा राजनीतिक व्यस्तताबाट विश्राम पाउनासाथ प्रचण्ड पछिल्लो समय गृहजिल्ला चितवनमा जाने गरेका छन् । 

शनिवार चितवन गएका प्रचण्ड पर्यटन प्रर्वद्धनका लागि अवलोकन गर्न भन्दै सपरिवार भरतपुर महानगरपालिकाको मेघौली गोलाघाट पुगेका थिए । 

लाइफ ज्याकेट लगाएर प्रचण्डले र्‍याफ्टिङ गरेका थिए । पत्नी सीतासहित चितवन पुगेका प्रचण्ड छोरी रेणु दाहाल र भाइ नारायण दाहाल सहित र्‍याफ्टिङ गर्न पुगेका थिए । 

प्रचण्ड चितवनका सांसद हुन् भने रेणु भरतपुर महानगरकी मेयर । सिंगापुरमा दुईसाता बसेर उपचार गरी फर्केकी सीता दाहाल र प्रचण्डले नाति प्रसिद्धसँग फोटो समेत खिचाएका थिए ।

प्रसिद्ध प्रकाश दाहालकी दोस्री श्रीमती श्रृजनापटिका नाति हुन् । विना मगरका तर्फबाट अर्का नाति प्रणव छन् । 

salt training

कमेन्ट गर्नुहोस्