कृष्णमणि पराजुली
ए राक्षसहरुहो
तिमीहरुले मलाई चुस्नसम्म
चुसी सक्यौ
अझ कति
चुस्न मन लाग्छ
चुस चुस
धीत नमरुन्जेल सम्म
चुस चुस ।
मेरो मृत्युलाई तिमीहरुले
कुर्नै पर्दैन
किनकि तिमीहरुले मलाई
मारी सकेका छौ
चुसी सकेका छौ
अब के पो
बांकि छ र ।
अब किन पर्खनु पर्यो र
मन लागे जति चुस
मेरो मृत्युलाई किन पर्खनु
पर्यो र ।
अब मेरो अस्थिपंजर मात्र छ
यदि अघाएका छैनौ भने
त्यो पनि खान सक्दछौ
मलाई त्यस्को
कत्ति पनि परवाह छैन
मलाई त्यस्को मात्र के माया
भयो र,
सबै नै
तिमीहरुले लुछिनै सके पछि ।
अब मैले
तिमीहरुलाई भन्नु
एक चिज मात्र छ
नत पहिले तिमीहरु
म सित थियौ
नत अहिलेनै छौ
नत भबिष्यमा ।
त्यसैले
आजैका मिति देखि
तिमीहरु संग
बिदा माग्दछु
अंश र बंशलाई माया मारेर
कहिल्यै भेट नहुने
बाचा गरेर ।