११ साउन २०८३, सोमबार

बिजुली पड्केजस्तो लागेको थियो, बम भन्ने थाहा पाएपछि त्रसित बन्यौं – मेयर पराजुली

बिजुली पड्केजस्तो लागेको थियो, बम भन्ने थाहा पाएपछि त्रसित बन्यौं – मेयर पराजुली

विराटनगर –विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष अगाडि आइतवार बम विस्फोट भएको छ ।

महानगरपालिका भवनको दोस्रो तलामा मेयरको कार्यकक्ष छ । मेयरलाई भेट्न आउनेहरूका लागि प्रतिक्षा गर्न व्यवस्था गरिएको कोठामा बम विस्फोट भएको हो ।

विस्फोटबाट भवनका शिशाहरू फुटेका छन् भने एउटा गाडीमा पनि क्षति पुगेको छ । प्रहरीले यसबारे अनुसन्धान शुरू गरेको छ ।

विस्फोट कसले गराएको हो भन्ने खुलेको छैन ।

बम भन्ने थाहा पाएपछि त्रसित भयौं : मेयर पराजुली

यसो भन्छन् मेयर पराजुली –

'विस्फोटको आवाज आएपछि हामी भाग्न खोज्यौं । धुवाँको मुस्लोजस्तो देखियो । शुरूमा त एसी पड्किएको वा विद्युत शट भएको जस्तो लागेको थियो । बम भन्ने थाहा भएपछि त्रसित बन्यौं । अहिलेसम्म कुनै समूहबाट धम्की आएको थिएन ।

कसले विस्फोट गराएको हो भन्ने खुल्न सकेको छैन ।'

महानगरको आकस्मिक बैठक

विस्फोटपछि महानगरको आकस्मिक बैठक बसेको छ ।

मेयरको कार्यकक्षमा प्रहरीले प्रवेश गर्न दिएको छैन । प्रमुख कार्यकारी अधिकृतको कक्षमा बैठक बसिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्