३१ जेठ २०८३, आइतबार

तीन दिनसम्म बन्धक बनाएर 'वलात्कार'

साउन २८, २०७५
तीन दिनसम्म बन्धक बनाएर 'वलात्कार'

कालिकोट– १५ वर्षीया बालिकालाई तीन दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले सान्नी त्रिवेणी गाउँपालिका–५ रिस्कोटका २८ वर्षीय जनबहादुर बमलाई पक्राउ गरेको छ ।२६ साउनमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बमले पीडितलाई १८ देखि २० साउनसम्म सोहीगाउँपालिका–३ स्थित एक घरमा बन्धक बनाएर लगातार बलात्कार गरेको पीडितले प्रहरीलाई बयान दिएकी छन् ।

पीडितका बाबुले इन्सेक कालिकोटको सहयोगमा २५ साउनमा जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएको र सोही आधारमा बमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।पीडित बालिकाको स्वास्थ्य परीक्षण २५ साउनमा जिल्ला अस्पताल कालिकोटमा गरिएको थियो । बमलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रहरी कार्यालय कालिकोटका डीएसपी विनोद शर्माले बताए । राजधानी दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्