२१ जेठ २०८३, बिहीबार

देशभर ५० हजार शिक्षक आवश्यक

साउन २८, २०७५
देशभर ५० हजार शिक्षक आवश्यक

 काठमाडौं-देशभर ५० हजार शिक्षक आवश्यक रहेको तथ्याङ्कले देखाएको छ। सरकारद्वारा गठित शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलले तयार पारेको तथ्याङ्कमा करिब ५० हजार शिक्षक अपुग भएको देखाएको छ।

कार्यदलले सबैभन्दा बढी निमावि तहमा शिक्षक अपुग भएको देखाएको छ। सो तहमा झन्डै २५ हजार शिक्षक अपुग भएको पाइएको छ। कार्यदलका संयोजक एवं पूर्वसचिव महाश्रम शर्माले प्रावि तहमा करिब १ हजार, माविमा २१ हजार र कक्षा ११ र १२ का लागि झन्डै ४ हजार शिक्षकको दरबन्दी आवश्यक रहेको जानकारी दिए।

शिक्षक अभावका कारण सरकारी विद्यालयको शैक्षिक गुणस्तर घट्दै गएका कारण सरकारले गुणस्तर र नयाँ शिक्षकको दरबन्दी निक्र्योल गर्न कार्यदल गठन गरेको हो। हाल देशभर करिब १ लाख ५० हजार सरकारी शिक्षक छन्। मावि तहमा १ लाख २ हजार, निमाविमा २५ र मावि तहमा १९ हजार शिक्षक कार्यरत छन्। नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्