०२ असार २०८३, मंगलबार

जीर्ण पुलले बढायो दुर्घटना : एक वर्षमा ५१ दुर्घटना, २८ को मृत्यु

जीर्ण पुलले बढायो दुर्घटना : एक वर्षमा ५१ दुर्घटना, २८ को मृत्यु
फाइल तस्वीर

चितवन– नारायणगढ–मुग्लिन सडकमा जीर्ण पुलकै कारण दुर्घटना बढेको पाइएको छ । सडक निर्माण पूरा भए पनि यहाँ रहेका जीर्ण पुलहरूको मर्मत सुधार तथा पुनर्निर्माण नगरिँदा पुलवाटै सवारी साधन खसेर ज्यान जाने र अङ्गभङ्ग हुने क्रम बढ्दो छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सडकको पुनर्निर्माण भए पनि सडकमा रहेका पुल जीर्ण हँुदा दुर्घटना भइरहेको हो । गत एक वर्षमा यो सडकमा भएका ५१ दुर्घटनामा २८ जनाको मृत्यु र १३१ जना घाइते भएका छन् । 
यसमा यहाँका साघुँरा र जीर्ण पुल यसका प्रमुख कारण हुन् । सन् २०१५ को अप्रिलमा सम्झौता भई पुनर्निर्माणको काम सकिनै लागेको यो सडकमा १८ वटा पुल रहेका छन् । तर यी सबै पुल जीर्ण र साँघुरा छन् । 

अझै कतियपय पुल त आफै भासिन थालेका छन् भने कतिपयको रेलिङ्ग पनि छैन । प्राविधिकहरूका अनुसार यी पुलको चौडाइ ६ मिटरभन्दा कमका छन् । दुई लेनको सडकका लागि यी साह्रै साँघुरा हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्