२१ जेठ २०८३, बिहीबार

पाल्पा : जिपको ठक्करबाट थप एकको मृत्यु

पाल्पा : जिपको ठक्करबाट थप एकको मृत्यु

पाल्पा- तानसेनको बडीज्ञानटोलमा जिपको ठक्करबाट घाइते बनेकी तानसेन–६ बर्तुङ्की ४८ वर्षीया कमला पाण्डेयको मृत्यु भएको छ । 

युनाइटेड मिसन अस्पताल तानसेनमा उपचाररत पाण्डेको आज बिहान ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

बगनासकाली गाउँपालिका–३ नायरनम्तलेसका नौ महिनाका निसान बस्यालको आइतबार नै मृत्यु भएको अस्पतालले जनाएको थियो । 

तानसेनको हुलाकचोकतिरबाट आन्दोलनचोकतर्फ आउँदै गरेको ग १ च ६७४८ नम्बरको जिपले आइतबार ब्रेक नलाग्दा पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट पाँच जना घाइते बनेका थिए । पाँचमध्ये दुईको मृत्यु भइसकेको प्रहरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्