०८ असार २०८३, सोमबार

दीर्घरोगीलाई उपचार खर्च दिने छथर गाउँपालिकाको निर्णय

दीर्घरोगीलाई उपचार खर्च दिने छथर गाउँपालिकाको निर्णय

तेह्रथुम- तेह्रथुमको छथर गाउँपालिकाले दीर्घरोगीका लागि स्वास्थ्योपचार खर्च उपलब्ध गराउने भएको छ । गाउँपालिका उपहार कार्यक्रमअन्तर्गत गाउँपालिका क्षेत्रभित्रका नागरिकमा कुनै पनि दीर्घरोग लागेमा उनीहरुको अवस्था हेरी रु पाँच हजारदेखि २५ हजार सम्म उपचारका लागि आर्थिक सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभयो । 

साविकका हमरजुङ, आङिदम, फाक्चामारा, पञ्चकञ्या, ओख्रे र सुदाप गाविस मिलेर बनेको यो गाउँपालिकामा सात वटा वडा रहेका छन् । ती गाउँमा रहेका मुटुरोगी, क्यान्सर, मिर्गौलालगायत रोगबाट पीडितलाई वार्षिकरुपमा एक पटक रु पाँच हजार देखि २५ हजार सम्म उपचार खर्च उपलब्ध गराउने नीति लिइएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताउनुभयो । 

दीर्घरोगबाट बचाउन गाउँपालिकाले विशेष स्वास्थ्य नीति र कार्यक्रमसमेत अघि सारेको उहाँको भनाइ छ । गाउँपालिकाले आव २०७५/०७६ मा दीर्घरोगी सहयोग कोषमा रु पाँच लाख बजेट विनियोजन गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्