३१ असार २०८३, बुधबार

नागरिकतालगायत ५ विधेयक पेश हुने, यस्तो छ संसदको कार्यसूची

नागरिकतालगायत ५ विधेयक पेश हुने, यस्तो छ संसदको कार्यसूची

काठमाडौं– सोमवार प्रतिनिधिसभामा ५ वटा विधेयक प्रस्तुत हुने भएका छन् । सोमवार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रामबहादुर थापाले नागरिकता पहिलो संशोधन विधेयक, २०७५ प्रस्तुत गर्ने कार्यसूची छ । 

यस्तै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक २०७५, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राहदानी विधेयक- २०७५ प्रस्तुत गर्ने कार्यसूची छ । 

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उपभोक्ता संरक्षण विधेयक- २०७५ र अर्थमन्त्री डा. युवराज खतिवडाले निवृत्तिभरण कोष विधेयक- २०७५ प्रस्तुत गर्ने कार्यसूची छ ।

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका जेष्ठ सदस्य दीलेन्द्र बडूले सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन- २०७५ पेश गर्ने कार्यसूची छ । 
 

salt training

कमेन्ट गर्नुहोस्