
काठमाडौं – काठमाडौंको गोंगबुबाट एक बालक बेपत्ता भएका छन् ।
आइतबार तनहुँको शुक्लागण्डकी नगरपालिकाबाट काठमाडौं आएकी सीता महतका ९ वर्षीय छोरा सिजान्त महत बेपत्ता भएका हुन् ।
सोमवार बिहान काठमाडौं आइपुगेका बालककी आमाले प्रहरीमा दिएको उजुरीअनुसार तनहुबाट काठमाडौं आइपुगेलगत्तै उनको छोरा ‘अपहरण’ मा परेका हुन् ।
तनहुँबाट सोही गाडीको एकै सीटमा बसेर आएका दिलबहादुर कार्कीले छोरा सिजान्तलाई अपहरण गरेको भन्दै उनकी आमा सीताले प्रहरीमा जाहेरी दिएकी छन् ।
मेडिकल कलेजमा काम गर्छु भन्ने दिलबहादुर कार्कीसँग बाटोमै चिनजान भएको उनको भनाइ छ ।
काठमाडौंमा उत्रिएसँगै गाडीमा चिनजान भएका कार्कीलाई छोरा सिजान्त, झोला जिम्मलगाएर शौचालय गएकी सीता फर्केर आउँदा छोरा थिएनन् ।
उनको झोला, मोबाइलसमेत लिएर कार्की त्यहाँबाट हिँडेको उनले प्रहरीलाई दिएको उजुरीमा उल्लेख गरेकी छिन् ।
प्रहरीले घटनाबारे छानबिन गरिरहेको जनाएको छ ।