२१ जेठ २०८३, बिहीबार

गिनिज बूकमा नाम लेखाउन मन्त्रीले गरेको प्रस्ताव किन गरे सुवालले अस्वीकार ?

गिनिज बूकमा नाम लेखाउन मन्त्रीले गरेको प्रस्ताव किन गरे सुवालले अस्वीकार ?

काठमाडौं – सोमवार प्रतिनिधिसभा बैठकमा सरकारले ५ वटा विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो ।

पाँचमध्ये ४ वटा विधेयकमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले ४ वटा विधेयकमा विरोधको सूचना पेश गरेका थिए । 

सुवाल संसदको बैठकमा शुरुदेखि अन्तिमसम्म बसिरहेका हुन्छन् । प्राय: विधेकयमा विरोधको सूचना दिने, संशोधन प्रस्ताव दर्ता गराउने तथा मन्त्रीलाई प्रश्न सोध्नेमा उनी अगाडि हुन्छन् ।

सांसद सुवालको कामप्रति उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सोमवार खुलेर प्रसंशा गरे । सांसद सुवालको नाम गिनिज बूकमा लेखाउने पहल होस् भनेर सदनमा माग गरे ।

ʻधेरै माननीय आउनुहुन्छ, सही गरेर जानुहुन्छ, तर माननीय प्रेम सुवाल बैठकमा बस्नुहुन्छ र प्रत्येक चिजमा सचेत गराउनुहुन्छ । त्यस मानेमा पनि धन्यवाद दिनुपर्छ,ʼ उपभोक्ता संरक्षण विधेयकमा सुवालले दिएको विरोधको सूचनामाथि जवाफ दिने क्रममा मन्त्री यादवले भने, ʻमाननीयज्यूलाई सुझाव दिन चाहन्छु, हामीलाई सचेत गराउँदै गर्ने, कुरा आइसकेएपछि फिर्ता लिने । यसर्थ उहाँको नाम गिनिज बूकमा लेखियोस्, त्यसका लागि पहल होस् ।ʼ

प्रत्येक विधेकयमा विरोधको सूचना दर्ता गराउने भएकोले मन्त्री यादवले सुवालको नाम गिनिज बूकमा लेखाउन प्रस्ताव गरेका थिए । तर सुवालले मन्त्रीको प्रस्ताव अस्वीकार गरे ।

ʻगिनिज बूकमा नाम लेखाउन होइन, नेपाली जनताले यस्तो अधिकार पाए हुन्छ भनेर कुरा राखेको थिएँ,ʼ सांसद सुवालले भने, ʻमन्त्रीजीको जवाफमा मैले राखेको कुरा आएन, त्यसकारण विरोधको सूचना फिर्ता नलिएको जानकारी गराउँछु,ʼ सुवालले भने ।

यसैबीच उपभोक्ता संरक्षण विधेयक- २०७५ संसदमा पेश भएको छ । मन्त्री यादवले सो विधेयक सोमवार प्रतिनिधिसभा बैठकमा टेबुल गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्