०८ साउन २०८३, शुक्रबार

भक्तपुरको हनुमन्ते खोलामा शव फेला

भक्तपुरको हनुमन्ते खोलामा शव फेला

भक्तपुर – कमलविनायकबाट आइतवार हराएका शंकर तामाङ सोमवार मृतावस्थामा फेला परेका छन् । 

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१४ घर भई हाल भक्तपुर नगरपालिका–१० भत्केको पाटी बस्ने ४२ वर्षीय तामाङ हनुमन्ते खोलामा मृत फेला परेका हुन् । हनुमन्ते खोलाले बगाई ल्याउँदै गरेका अवस्थामा प्रहरीले मध्यपुरथिमि–४ शंखधरचोकस्थित चाणक्य कलेजको पछाडिबाट उनको शव निकालेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत रेवती रमण पोखरेलले जानकारी दिए ।

शवको परीक्षणका लागि भक्तपुर अस्पताल पठाइएको छ । यसैबीच मध्यपुरथिमि–४ स्थित नेपाल कोरिया मैत्री अस्पताल नजीकको विष्णुकुण्डल पोखरीमा आइतबार सिन्धुपाल्चोक बराम्ची–३ घर भई हाल मध्यपुरथिमि– ७ भीमसेनचोक बस्ने १८ वर्षीय विवेक अधिकारीको डुबेर मृत्यु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्