२१ जेठ २०८३, बिहीबार

घुससहित यातायातका कर्मचारी पक्राउ

साउन २८, २०७५
घुससहित यातायातका कर्मचारी पक्राउ

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय रुपन्देही बुटवलमा कार्यरत मेकानिकल इञ्जिनियर सरोजकुमार शाहलाई रु २० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । 

नयाँ सवारी साधन दर्ताका क्रममा साहले सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने अभियोगमा आयोगको टोलीले पक्राउ गरेको हो । आरोपी साहको अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

यस्तै आयोगले आजै धोविनी गाउँपालिका पर्सामा कार्यरत नायब सुब्बा एनामुल अन्सारी र लेखापाल कृष्णनन्दन राय यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उनीहरु विरुद्ध सडक ढलान र नाला निर्माण सम्पन्न भएपश्चात् रकम भुक्तानी दिँदा रु एक लाख १० हजार घुस मागेको अभियोग लागेको छ । 
आयोगको टोलीले नायब सुब्बा अन्सारी र लेखापाल यादवलाई घुस लिँदालिँदै कार्यालय परिसरबाटै केही दिन पहिले पक्राउ गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्