०३ असार २०८३, बुधबार

सीटीईभीटीद्वारा ऐनविपरीत अनुमति

साउन २९, २०७५
सीटीईभीटीद्वारा ऐनविपरीत अनुमति

काठमाडौँ – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटी० ले ऐनविपरीत १ सय ५ विद्यालयलाई ३ वर्षे डिप्लोमा तह सञ्चालन गर्न अनुमति दिएको छ ।

सीटीईभीटीले स्थानीय सरकार सञ्चालन ऐनविपरीत ती विद्यालयलाई कृषि र इन्जिनियरिङ विषयको कक्षा यसै वर्षदेखि संञ्चालन गर्न अनुमति दिएको हो ।

ऐनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना बनाउने, सञ्चालन, अनुमति, अनुगमन र नियमनको जिम्मा स्थानीय सरकारलाई दिएको छ । परिषदका सदस्यसचिव पुष्परमण वाग्लेले भने स्थानीय तहकै सिफारिसका आधारमा अनुमति दिइएको दाबी गरे । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्