
मकवानपुर– मकवानपुरमा स्कुल बसमा आगजनी भएको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिका स्थित टिस्टुङमा भन्सार छुटाएर काठमाण्डौँ लगिदै गरिएको स्कुल बसमा आगजनी भएको हो ।
नेपाल बन्दको अवज्ञा गरेको भन्दै बसमा आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आज बन्दको आह्वान गरेको छ ।
आगजनीका कारण बसमा क्षति पुगेको छ । तर, मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।