
विराटनगर– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को रिहाइको माग गर्दै आह्वान गरेको बन्दको प्रदेश १ मा सामान्य प्रभाव परेको छ ।
लामो दूरीबाट आएका सवारीसाधनहरू सहजरुपमा गन्तव्यमा पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । बन्दका क्रममा अहिलेसम्म बन्दकर्ताहरू देखा परेका छैनन् ।
प्रदेशका १४ जिल्लामा कुनै अप्रिय घटना भएको छैन । प्रदेशभर सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ । शान्ति सुरक्षाको आवश्यक प्रबन्धले मिलाएको प्रहरीले जनाएको छ ।
बन्दको प्रभाव शिक्षण संस्थाहरूमा भने परेको छ । विराटनगरका सबै शिक्षण संस्था मंगलवार बन्द भएका छन् ।