१३ असार २०८३, शनिबार

काठमाडौंको जमलमा बम राख्न खोज्ने २ जना पक्राउ

काठमाडौंको जमलमा बम राख्न खोज्ने २ जना पक्राउ

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट क्रान्तिकारी विद्यार्थी संघका २ जना कार्यकर्ता बमसहित पक्राउ परेका छन् । काठमाडौं जमलमा बम राख्न खोज्दा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट प्रेसर कुकर बम फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन क्रान्तिकारी विद्यार्थी संघका काठमाडौं जिल्ला सचिव तारा सञ्जेल र जिल्ला सदस्य उषा किरण छन् ।

प्रहरीले काठमाडौंबाट वन्द गरान खोज्ने अन्य २ जनालाई पनि पक्राउ गरेको छ । केन्द्रीय प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) पक्राउको विरोधमा विप्लव नेतृत्वको नेकपाले मंगलवार वन्द आह्वान गरेको थियो ।

बन्द सफल बनाउन भन्दै विभिन्न ठाउँमा बमजस्तो बस्तु राखेर आतंक सिर्जना गर्न खोजिए पनि स्थिति सामान्य भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले बताए ।

‘केही ठाउँमा आतंक सिर्जना गर्ने उद्देश्यले बमजस्तो वस्तु राखिएका छन्,’ एसएसपी पोखरेलले भने, ‘धेरै ठाउँमा राखिएका बमजस्ता देखिने शंकास्पद बस्तु नियन्त्रणमा लिइसकेका छौं । डराउनुपर्ने अवस्था छैन ।’

salt training

कमेन्ट गर्नुहोस्