काठमाडौं – लामो समयदेखि टीभीबाट हराएका प्रसिद्ध हास्यकलाकार कपिल शर्मा छिट्टै नयाँ शो लिएर आउने भएका छन् । भारतीय मनोरञ्जनात्मक वेबसाइटमा प्रकाशित समाचारहरूका अनुसार, कपिलले अक्टोबर महिनासम्ममा सानो पर्दामा फर्किने निर्णय लिएका छन् ।
कपिलको हालै सार्वजनिक एक तस्वीरमा तौल धेरै बढेको देखिन्छ । उनले अहिले स्लिम बन्नका लागि पर्सनल ट्रेनर राखेका छन् ।
आफ्नो जीवनशैलीमा परिवर्तन गरेर उनी फेरि जीवनलाई सुधार्न चाहन्छन् । कपिल आफ्नो नयाँ शोको कन्सेप्टमा काम गरिरहेका छन् र दुई महिनाभित्र टीभीमा देखापर्न लागिपरेका छन् ।
जनवरी २०१७ मा आफ्ना सहकर्मी सुनिल ग्रोभरसँग ठूलो झगडा गरेपछि कपिलको ओरालो यात्रा शुरू भएको थियो । त्यसपछि अन्य कलाकारले धमाधम शो छोडेर गएका थिए । अनि शोको टीआरपी लगातार ओरालो लाग्यो र शो देखाउनै छोडियो ।
मार्च २०१८ मा कपिलले फ्यामिली टाइम विथ कपिल शर्मा ल्याए तर तीन एपिसोडपछि यो शो पनि बन्द भयो ।
अब चाहिँ कपिल स्वास्थ्यमा ध्यान दिएर टीभीमा फर्किने तयारी गर्दैछन् ।
एजेन्सी