१६ असार २०८३, मंगलबार

फ्रान्सको ऐतिहासिक पार्कमा कागलाई फोहर उठाउन दिइयो तालिम

फ्रान्सको ऐतिहासिक पार्कमा कागलाई फोहर उठाउन दिइयो तालिम

काठमाडौं – फ्रान्सको ऐतिहासिक पार्क प्यु ड्यु फोयुमा फोहर उठाउनका लागि कागहरूलाई तालिम दिइएको छ । 

अहिलेसम्म ६ वटा कागले यो कला सिकिसकेका छन् । उनीहरू पार्कबाट चुरोटका ठुटा र अन्य फोहर सजिलै उठाउँछन् । 

पार्क व्यवस्थापनका अनुसार, यो काम केही कठिन थियो । यसको लक्ष्य मानिसहरूलाई के सन्देश दिनु थियो भने उनीहरूले पार्कमा ध्यान पु–याएनन् भने प्रकृति आफैंले वातावरण सुरक्षा गर्न सक्छ ।  

पार्कका व्यवस्थापक निकोलस डिभिलियर्सले उनका पिता फिलिपले सन् १९७७ मा यो थिम पार्क स्थापना गरेको बताए । फिलिपले पार्क शुरू गर्दा एक नाटक देखाए जसमा १४औं शताब्दीदेखि दोस्रो विश्वयुद्धसम्म फ्रान्सले भोगेका प्रमुख घटना देखाइयो ।

नाटकका प्रमुख पात्र मोंपेलर थिए जसले फ्रान्सेली क्रान्तिमा प्रमुख भूमिका निर्वाह गरे । 

शुरूमा यो पार्कको समितिमा ६०० सदस्य थिए तर अब ३६ सय ५० पुगिसकेको छ । यो फ्रान्सको सबभन्दा प्रसिद्ध पार्क छ । 

निकोलसका अनुसार, पार्कको सफाइका लागि रूक प्रजातिका कागलाई तालिम दिइएको हो । अनि क्यारियन क्रो, ज्याकडा र राभेन प्रजातिका काग पनि छन् । 

ती काग धेरै बुद्धिमान् हुन्छन् । उनीहरू मानिसको कुरा राम्ररी बुझ्न सक्छन् र मित्रता पनि गर्छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्