हामी प्राय टुथपेस्टलाई दाँच माझ्न र चम्काउनको लागि मात्रै दैनिक जीवनमा प्रयोग गरिरहेका हुन्छौ। तर वास्तवमा टूथपेस्टको यति मात्रै काम होइन।यसले मानिसको धेरै प्रकारको कामको लागि उपयोगी हुन्छ। कसरी थाहा पाउनुहोस।
पिउने पानीको भाडो सफा गर्नहामीले पिउने पानी राख्ने भाडो नियमित पटक पटक सफा गरिरहेका हुन्छौ। तर पनि त्यति सफा देखिदैन। यसको लागि तपाईले टुथपेस्टलाई प्रयोग गर्नुभयो भने तपाईको पिउने भाडो टलक्क टल्किन्छ।
चाँदीको गरगहना चम्काउनसमयसँगै टुथपेस्टको प्रयोग दिनानुदिन बढ्दै गइरहेको छ। यदि चाँदीमा कालो लाग बसेमा टुथपेस्टबाट सफा गरेमा तपाईको कालो भएको चाँदी चमकदार हुन्छ।
मोबाइल फोन सफा गर्नअहिलेको प्रविधियुक्त जमानामा सबै हात हातमा मोबाइल भइसकेको अवस्था छ मोबाइल चलाउँदा चलाउँदै धेरै फोहोर र मैला भइसकेको हुन्छ। मोबाइल फोन फोहोर भएमा हामी मोबाइल पसल चहारिरहेका हुन्छौ। तर तपाईले टुथपेस्टको प्रयोग गरेमा तपाईको मोबाइल नयाँ लुक्समा चम्किलो देखिन्छ। यसले तपाईलाईमोबाइलप्रति झन आकर्षण बढाइदिन्छ।
कारको हेडलाइट कम्काउनयस्तै कारको हेडलाइड सडकमा गुड्दा धुलोधुवाले मैला भएको हुन्छ। टुथपेस्टको प्रयोग गरेर हेडलाइट सफा गरेमा तपाईको सवारीको हेडलाइट एकदमै चमकार बनाइदिन्छ।
हार्मोनियम सफा गर्नयदि तपाईको पियानो की मैला भएको छ भने टुथपेस्टबाट दैनिक सफा गर्नुस। पियानो पहिलाको टलकदार अवस्थामै चमकदार भएर आउँछ।
जुत्ता चम्काउनयदि तपाईले आफ्नो जुत्ताको रबरको भागमा निक्कै फोहोर देख्नु भएको छ वा सधै फोहोर भएको छ भने टुथपेस्ट लगाएर सफा गर्नुस। यसले तपाईको जुत्ताको रबरको भाग टलकदार बनाइदिन्छ।
टेबलको दाग हटाउनघरमा किहलेकाही चिया पोखिएर टेबलमा दाग लागेपछि नराम्रो देखिइरहेको हुन्छ। उक्त दाग हटाउन तपाईले टुथपेस्टको प्रयोग गरेर सजिलै दाग हटाउन सक्नुहुन्छ।
आइरनको कालो दाग हटाउनसर्टमा लगाइएको स्याहीको निशान हटाउन धेरैले कोसिस गरिरहेका हुन्छन् । तर सक्दैनन। तर तपाईले टुथपेस्टको प्रयोऊले २४ घण्टाभित्रै स्याहीको दाग हटाउन सक्नुहुनछ।
कीराले टोकेको ठाउँमा राहतधेरै पटक हामीलाई करेसाबारीमा काम गर्दागर्दै कीराले टोक्ने गर्छ। टोकेको ठाउँमा दुखाइ कम गर्न टुथपेस्ट लगाए अस्पतालसम्म पुग्नुअगाडि दुखाइ कम गर्छ।
मुखको मुसा हटाउनमुखमा मुसा आएमा धेरैको टाउको दुखाईको विषय बन्छ। यसलाई हटाउन मानिस धेरै भाकल गर्ने गर्छन भने डाक्टरसम्म पनि पुग्छन्। तर टुथपेस्टको एक पटक प्रयोग गरेमा जस्तवसुकै मुसा च्वाटै निक्ो हुन्छ।
प्रेस सफा गर्नतपाईले छापाखाना प्रेसमा देख्नुभएकै होला की तलको प्लेट कालो भएर बसेको हुन्छ। किनकी प्रेसले रंगमा काम गर्नु पर्ने भएको हुँदा एकदमै सफा र चम्किलो प्लेट चाहिन्छ कुनै सामग्री सफा छाप्न। यसलाई सफा गर्न तपाईले टुथपेस्टको प्रयोग गरेमा टल्किने बनाइदिन्छ।
