०२ साउन २०८३, शनिबार

भारतले दियो नेपाल सरकारलाई २९ करोड ३७ लाखको चेक

साउन २९, २०७५
भारतले दियो नेपाल सरकारलाई २९ करोड ३७ लाखको चेक

काठमाडौँ– भारत सरकारले हुलाकी राजमार्ग आयोजना निर्माणका लागि रु २९ करोड ३७ लाखको चेक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीले सोही मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाई उक्त रकमको चेक हस्तान्तरण गरे । 

उक्त रकम हुलाकी राजमार्ग आयोजना अन्तर्गतका १४ वटा निर्माणाधीन सडकका लागि प्रदान गरिएको हो । भारत सरकारले ती सडक बनाउन रु दुई अर्ब ३५ करोड प्रदान गरिसकेको छ । सन् १९५० देखि भारत सरकारले भारत–नेपाल आर्थिक सहकार्य कार्यक्रमअन्तर्गत नेपालमा राजमार्ग, सडक, पुल, विमानस्थल लगायतका पूर्वाधारहरुको विकासका लागि सहयोग गर्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्