०८ साउन २०८३, शुक्रबार

इंग्ल्यान्डका पूर्वखेलाडीले भारतीय क्रिकेट टीमको उडाए मजाक

इंग्ल्यान्डका पूर्वखेलाडीले भारतीय क्रिकेट टीमको उडाए मजाक

काठमाडौं – इंग्ल्यान्डमा पाँच टेस्ट म्याच शृंखला खेलिरहेको भारत पहिलो दुई टेस्टमा हारेको छ । दोस्रो टेस्टमा उसले इनिङ अन्तरको पराजय बेहो–यो । 

टेस्ट वरीयतामा शीर्ष स्थानमा रहेको भारतले गरेको लज्जास्पद प्रदर्शनले भारतीय प्रशंसक र पूर्व भारतीय खेलाडीलाई मात्र निराश पारेको नभई इंग्ल्यान्डका पूर्वखेलाडीलाई पनि अचम्ममा पारेको छ । 

इंग्ल्यान्डका दुई पूर्वकप्तानले भारतको प्रदर्शनलाई हाँसोमा उडाएका छन् । 

पूर्वकप्तान नासिर हुसैन भन्छन्, ‘भारतीय टोलीका किशोरले इंग्ल्यान्डका परिपक्व खेलाडीसँग खेलेको जस्तो पो देखियो ।’

अर्का पूर्वकप्तान ज्योफ्री बोयकटले भने, ‘अहिलेको भारतीय टोली कुनै तयारी नै नगरी आफैंमा मुग्ध भएर इंग्ल्यान्डमा खेल्न आएछ । भारतमा जस्तो सुक्खा पिच इंग्ल्यान्डमा हुँदैन र सजिलै रन बनाउन सकिँदैन भनी उनीहरूले बुझ्नुपर्छ ।’

पछिल्ला तीन टेस्ट पारीमा भारतीय टीम १६२, १०७ र १३० रनमा समेटियो । 

नासिर हुसैन भन्छन्, ‘पहिलो टेस्टमा विराट कोहलीले भारतीय टीमलाई अन्तिमसम्म पनि संघर्ष गराए । तर उनलाई कम्मरमा चोट लाग्नु टीमका लागि चिन्ताको विषय हो । यसबाहके अश्विनको औंलामा पनि चोट लागेको खबर छ ।
भारतको ब्याटिङ अर्डरका लागि यो चिन्ताजनक खबर हो ।’

भारतको ब्याटिङले बोयकटलाई रिस उठायो । उनले भने, ‘भारतीय ब्याट्स्म्यानहरू आउट हुने तरिकाबाट नै उनीहरूको तयारी नपुगेको देखिन्छ । उनीहरू आउटस्विङ बललाई मिडविकेटमा खेल्ने कोशिश गरिरहेका थिए । अनि
यसले गर्दा बोल्ड हुँदा वा ब्याटको छेउमा लागेर आउट हुँदा पनि आश्चर्यमा परेको जस्तो देखिन्थे । बललाई कहिले पनि आफ्नो प्याडनजिक खेल्नुहुँदैन ।’

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्