२४ असार २०८३, बुधबार

तालिबानले गर्‍यो सैन्य शिविरमा आक्रमण, १४ सैनिक मारिए

तालिबानले गर्‍यो सैन्य शिविरमा आक्रमण, १४ सैनिक मारिए

काठमाडौं – उत्तरी अफगानिस्तानको एक सैन्य शिविरमा तालिबान लडाकूहरूले मंगलवार कब्जा जमाएर कम्तीमा १४ सैनिकको हत्या गरेका छन् । अन्य दर्जनौंलाई उनीहरूले बन्धक बनाएका छन् । 

कतिपय सैनिक भने भाग्न सफल भएका छन् । 

सेनाका प्रवक्ता मोहम्मद हनीफ रेजाईका अनुसार, अशान्त फरयाब प्रान्तको घोरमाच जिल्लामा कैयौं दिनसम्म चलेको भीषण संघर्षपछि आतंकवादीहरूले सेनाको शिविर कब्जा गरेका हुन् । 

आइतवार शिविरमा आक्रमण हुँदा त्यहाँ १०० सैनिक थिए । रेजाईले एएफपीलाई बताए, ‘शिविरमा दुश्मनले कब्जा गरेका छन् । केही सैनिक मारिए, केही बन्धक बनाइए अनि केही चाहिँ नजिकैको पहाडतिर भागे ।’

फरयाबका सांसद हाशिम ओताकले शिविरमा १४ सैनिक मारिएको पुष्टि गरे । 

फरयाबको प्रान्तीय परिषद्का प्रमुख ताहिर रहमानीले शिविरमा भएका सैनिकले काबुलबाट अतिरिक्त सैनिक पठाउन र हवाई सहायता उपलब्ध गराउन अनुरोध गरेका थिए तर उनीहरूलाई वास्ता गरिएन । अन्य सैनिक गजनीमा अत्यन्त व्यस्त थिए ।’

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्