काठमाडौं, ८ फागुन – जगदिश्वर पोखरेल निर्देशित चलचित्र ‘राधे’ को टिजर सार्वजनिक भएको छ ।
टिजरमा निखिललाई भरपूर एक्सन देख्न सकिन्छ । निखिल उप्रेती, प्रियंका कार्की र आशिष्मा नकर्मीलाई देख्न सकिन्छ । गौतमराज खड्काको सम्पादन रहेको चलचित्रलाई सुशील पोखरेलले निर्माण गरेका हुन् ।

चलचित्र बैशाख १ देखि प्रदर्शन हुनेछ ।