
काठमाडौं, ८ फागुन–सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र चुनावाको मिति घोषणा गर्न सहमत भएका छन् ।
आइतबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा बसेको सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादी बैठकले मिति घोषणा पछि संविधान संशोधन अघि बढाउने सहमति गरेका हुन् ।
‘चुनावको मिति घोषणा गर्ने विषयमा सहमति भएको छ ’ वैठक पछि माओवादी नेता नारायणकाजी श्रेष्ठले भने,‘ सकेसम्म चाढैँ चुनावको मिति घोषणा हुन्छ ।’
त्यस्तै नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पहाडमा भूगोलको र तराईमा जनसंख्याको आधारमा सीमा निर्धारण हुने बताए । ‘चुनावको मिति घोषणापछि संविधान संशोधन अघि बढाइनेछ त्यसमा मोर्चा सहमत हुनेछ’ महामन्त्री कोइरालाले भने,‘आजै आयोगका पदाधिकारीसँग परामर्श गरेर छिटो भन्दा छिटो चुनावको मिति घोषणा हुन्छ ।’
शनिबार बालुवाटार बैठकमा मोर्चाले चुनावको मिति र संविधान संशोधन सँगसँगै जान नसक्ने भन्दै चुनाव घोषणा गरेकै दिन आन्दोलनको घोषणा गर्ने चेतावनी दिएका थिए ।