
सिमरा-नेपाल सरकारको छात्रवृत्तिमा विराटनगरस्थित नोबेल कलेजमा एमबीबीएस अन्तिम वर्षमा अध्ययन गरिरहेका २५ वर्षीय सौरभ उप्रेतीको मृत्यु भएको दुई साता बितिसकेको छ ।
एसएलसी परीक्षामा ९३ प्रतिशत अंक ल्याएर उच्च शिक्षादेखि सरकारी छात्रवृत्तिमै अध्ययन गरिरहेका बारा कोल्हबी नगरपालिका–८ का सौरभको मृत्युबारे प्रहरीले सत्यतथ्य बाहिर ल्याउन सकेको छैन । हालसम्म पनि प्रहरीले मृत्यु वा हत्या अनुसन्धान गर्न सकेको छैन ।