०१ असार २०८३, सोमबार

महानगर र उपमहानगरमा आजबाट धुवाँ फाल्ने गाडी निषेध

महानगर र उपमहानगरमा आजबाट धुवाँ फाल्ने गाडी निषेध

काठमाडौं– महानगर र उपमहानगरपालिकामा आजबाट धुवाँ फाल्ने निजी र सार्वजनिक चारपांग्रे सवारीसाधनलाई निषेध गरिएको छ । सरकारले वायु प्रदूषण घटाउन भन्दै आजबाट त्यस्ता सवारीसाधनमाथि रोक लगाएको हो । 

धुवाँ फाल्ने सवारीसाधन चलाएको पाइएमा सडकमै जफत गरी कारवाही गर्ने ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागको तयारी छ । यातायात व्यवस्था विभागका अनुसार डिजल र पेट्रोलबाट गुड्ने गाडीले मापदण्डभन्दा बढी धुवाँ फाली प्रदूषण बढाएपछि देशभरका शहरमा शुक्रबारदेखि कडाइ गरिएको हो । 

उपत्यकाको नागढुंगा, बल्खु, ठूलो भर्याङ, सल्लाघारी, टेकु र एकान्तकुनामा प्रदूषण मापन गरिँदै आएको छ । विभागले उपत्यकाबाहिर रहेका भरतपुर, डडेलधुरा, सुर्खेत, विराटनगरलगायत १३ वटा कार्यालयमा प्रदूषण जाँच तीव्र गतिमा थालेको छ ।

वायु प्रदूषणको मुख्य कारक सवारीसाधनको प्रदूषण नै रहेको र ३८ प्रतिशत प्रदूषण सवारीसाधनबाट निस्किएको धुवाँ भएको विभिन्न अध्ययनले देखाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्