
काठमाडौं – पछिल्लो समय प्रशिक्षक जोसे मउरिन्होसँग सम्बन्ध ब्रिग्रिएको बताइए पनि म्यानचेस्टर युनाइटेडले पउल पोग्बालाई नबेच्ने भएको छ ।
विश्वकप विजेता फ्रान्सेली टीमका स्टार मिडफिल्डर पोग्बा स्पेनिस च्याम्पियन टोली बार्सिलोना जान चाहेको खबर पछिल्लो एक महिनायता आइरहेको छ ।
बार्सिलोनाले पनि पोग्बालाई अनुबन्धन गर्न प्रयास गरेको थियो ।
यद्यपि स्पेनिस ट्रान्सफर विन्डोको अन्तिमतिर आइपुग्दा बार्सिलोना तत्काल ठूलो रकम खर्च नगर्ने मनस्थितिमा पुगेको बताइन्छ ।
द सनका अनुसार पोग्बा अझै पनि बार्सिलोना जान चाहन्छन् । तर युनाइटेडले पोग्बालाई अहिले कुनै हालतमा नबेच्ने रणनीति अख्तियार गरेको छ ।