२६ असार २०८३, शुक्रबार

‘फनफनी घुमायो मायाले’ म्यूजिक भिडियो सार्वजनिक

‘फनफनी घुमायो मायाले’ म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं –उदीयमान गायक तथा संगीतकार राजेन्द्र बजगाईंले ‘फनफनी घुमायो मायाले’ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

हालसालै बजगाईं र मेलिना राइले गाएको ‘बर्खाको पानी’को चर्चा सेलाउन नपाउँदै बजगाईंले गाएको अर्काे गीत सार्वजनिक भएको हो । बजगाईले ‘झ्याम्मै मायालु’, ‘बर्खाको पानी’, ‘टेन्डर’, ‘झमक झमक’, ‘ट्राफिक जाम’ जस्ता गीतमा श्वर र संगीत पस्केका छन् ।

जनता डिजिटल फिल्मस्ले सार्वजनिक गरेको भुवन शर्मा कँडेलको शब्द रहेको नयाँ गीतलाई केशव बाबुले एरेञ्ज गरेका हुन् । म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको कोरियोग्राफी रहेको छ ।

डीआर अधिकारी र जेनेलिया श्रेष्ठले म्यूजिक भिडियोमा अभिनय गरेका छन् ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्