
काठमाडौं, ८ फागुन - रुपन्देहीको मर्चवारमा रहेको वडवलिया प्रहरी चौकीमा आक्रमण भएको छ । स्थानीयहरूले प्रहरी चौकीमा आक्रमण गरेपछि स्थिती तनावग्रस्त भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी र सर्वसाधारणको छडपमा परेर पाँच जना प्रहरी घाइते भएका छन् ।
प्रहरीले स्थिती नियन्त्रणमा लिन पाँच राउण्ड हवाई फायर र पाँच राउण्ड अश्रु ग्याँस प्रहार गरिएको थियो ।
प्रहरीका अनुसार प्रहरीको एक थान हतियार आन्दोलनकारीले लुटेका छन् । प्रहरीको अनुसार सिके राउतका कार्यकर्ताले प्रहरी चौकीमा आक्रमण गरेका हुन सक्ने अनुमान गरिएको छ ।