०८ असार २०८३, सोमबार

७७ जिल्लामा मुलुकी संहिता शुभारम्भ भएको घोषणा

भदौ २, २०७५
७७ जिल्लामा मुलुकी संहिता शुभारम्भ भएको घोषणा

काठमाडौँ– शुक्रबारदेखि लागू भएको नयाँ मुलुकी संहिता कार्यान्वनयका लागि शुक्रबार ७७ जिल्लाका जिल्ला अदालतले मुलुकी संहिता शुभारम्भ भएको घोषणा गरेका छन् ।  अाजकाे गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।
साधारण नागरिकदेखि विशिष्ट व्यक्तिको दैनिकी प्रभावित हुने नयाँ मुुलुकी संहिता कार्यान्वयनका लागि ७७ जिल्ला अदालतले जनचेतनामूलक, प्रचारमूलक, सन्देश र सूचनामूलक कार्यक्रम गरी मुलुकी संहिता शुभारम्भ भएको घोषणा गरेका हुन् । 
कानुन व्यवसायी, प्रहरी र सरकारी वकिलको कार्यालयहरूसँग जिल्ला अदालतले समन्वय गरी मूलुकी संहिता कार्यान्वयन भएको घोषणा गरेका हुन् । 
त्यसक्रममा काठमाडौँ जिल्ला अदालतले सरोकारवालाबीच अन्तक्रिया गरी शुक्रबार मुलुकी संहिता शुभारम्भ भएको घोषणा गरेको छ । कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्टार राजन भट्टराईले नयाँ संहिता लागू भइसकेपछि अब सबैले कार्यान्वयन गर्नुपर्ने बताए ।  

salt training

कमेन्ट गर्नुहोस्