
काठमाडौं – एसिया कप छनोट क्रिकेट प्रतियोगिता खेल्ने नेपाली राष्ट्रिय टोली घोषणा भएको छ । १५ सदस्यीय टोलीमा १३ जना नेदरल्यान्डसँग ओडीआई सिरिजमा सहभागी खेलाडी नै छन् ।
चोटका कारण सरद भेसवाकर र संन्यासको घोषणा गरेका शक्ति गौचनको ठाउँमा सागर पुन र विनोद भण्डारीले कमब्याक गरेका छन् ।
पारस खड्काको कम्तानीमा घोषित टोलीमा ज्ञानेन्द्र मल्ल (उपकप्तान), वसन्त रेग्मी, सोमपाल कामी, सुवास खकुरेल र विनोद भण्डारी छन् ।
यसैगरी दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललितसिंह भण्डारी, अनिलकुमार शाह, ललित नारायण राजवंशी, सागर पुन, आरिफ शेख र रोहितकुमार पौडेल टोलीमा परेका छन् ।
वैकल्पिक खेलाडीमा चार जनाको नाम छ ।
प्रदीप ऐरी, सुनिल धमला, किशोर महतो र सुशन भारी वैकल्पिक खेलाडीका रूपमा मलेसिया उड्ने छन् ।
एसिया कप छनोट प्रतियोगिता आगामी भदौ १३ देखि २१ गतेसम्म मलेसियामा हुँदैछ । प्रतियोगितामा नेपालसँगै युएई, हङकङ, सिंगापुर, मलेसिया र ओमान सहभागी हुनेछन् ।
छनोट प्रतियोगिता जित्ने टोलीले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै एसिया कप खेल्नेछ ।
त्यसको तयारीका लागि नेपाली टोली यही भदौ ४ गते श्रृलंका प्रस्थान गर्नेछ ।
त्यहाँ रहँदा नेपालले ३ वटा अभ्यास खेल खेल्ने जनाइएको छ ।