काठमाडौं – भारतको मुम्बईमा एक मार्केटिङ कन्सल्टेन्टको सडक दुर्घटनामा भएको मृत्युको ठीक तीन वर्षपछि छोरो जन्मेको छ ।
जसलोक अस्पतालमा छोरो जन्मेपछि उक्त परिवारमा दुःखको दिन पनि खुशीमा परिणत भएको छ ।
यो चमत्कारको शुरूआत अगस्ट २०१५ मा भयो । त्यतिखेर बेंगलुरुमा काम गरिरहेका ३० वर्षीय दम्पती सुप्रिया जैन र गौरव एसले एउटा निर्णय लिए । बिहेको पाँच वर्षपछि पनि उनीहरू आमाबुवा बन्न नसकेपछि आईभीएफ प्रविधिको सहायता लिए ।
तर भाग्यमा अर्कै कुरा लेखिएको रहेछ र आईभीएफ प्रक्रियामा गएको केही दिनपछि नै गौरव सडक दुर्घटनामा मारिए ।
दुर्घटनापछि सुप्रियालाई सम्हालिन समय लाग्यो । उनले आमाबुवासँग सल्लाह नगरी निर्णय लिइन् । उनी भन्छिन्, ‘हामीहरूले बच्चा पाउनका लागि एउटा शुरूआत गरेका थियौं र अर्को कदम उठाउने लागेका थियौं ।’
उनले पतिको बच्चालाई जन्माउने मन बनाइन् र चिकित्सकसँग परामर्श लिन थालिन् । त्यसपछि उनी आमा बन्ने खर्चिलो र लामो यात्रा शुरू भयो ।
एकदम गाह्रो गरी सुप्रियाका पतिको वीर्य सम्हालेर राख्न सकियो । उनको उपचारमा संलग्न चिकित्सक डा पारिख भन्छिन्, ‘हामीहरू कुनै जोखिम उठाउन चाहँदैनथियौं । हामीले धेरैचोटि डिम्बलाई सेचन गर्ने कोशिश ग–यौं तर काम
बनेन । अनि हामीले सरोगेट खोज्ने निर्णय लियौं ।’
सरोगेट आमाबाट छोरो जन्मेको कुरा सुप्रियाले बालीमा थाहा पाइन् । उनी भन्छिन्, ‘छोरो आफ्ना बुवाजस्तै देखियोस् भन्ने कामना गर्दछु । म बच्चा हैन, गौरवको बच्चा चाहन्थें । हामीले पहिले नै हाम्रो एक बच्चा पाएपछि अर्को अडप्ट गर्ने
निर्णय लिइसकेका थियौं । गौरवको मृत्युको दिन अब शहर छोडेर भाग्न मलाई मन लाग्दैन अब ।’
एजेन्सी