०३ असार २०८३, बुधबार

यो टेस्टले बताउँछ तपाईंको मृत्यु कहिले हुन्छ, टेस्ट लिने हिम्मत छ ? (भिडियो सहित)

कात्तिक २०, २०७४
यो टेस्टले बताउँछ तपाईंको मृत्यु कहिले हुन्छ, टेस्ट लिने हिम्मत छ ? (भिडियो सहित)
काठमाडौं, ८ फागुन — तपाईंलाई आफू कति बाँच्छु भन्ने जिज्ञासा लाग्दो हो । उमेर नपुगिकनै सुइँकिइन्छ र बूढो उमेरमा पनातिहरू खेलाउँदा मर्न पाइएला भन्ने जान्न चाहनु स्वाभाविक हो ।


ब्राजिलका चिकित्सकहरूको एक टोलीले को कति स्वस्थ छ र कति बाँच्छ भन्ने जान्नका लागि क्लाउडियो गिल अराउजोको नेतृत्वमा रहेको एक टोलीले यो परीक्षण गरेको हो ।

यो परीक्षणमा राम्रो प्रदर्शन गर्न नसक्नेहरूमा परीक्षण सजिलै पार गर्नेहरूका तुलनामा मृत्युदर उच्च रहेको पाइयो ।
परीक्षणको आधार सरल छ । मान्छेको उमेर ढल्किँदै जाँदा एक तहको स्वास्थ्य स्तर कायम राख्नु महत्त्वपूर्ण हुन्छ । लामो समयसम्म फिट रहने मानिस नै दीर्घायु हुने कुरा त प्रस्ट नै हो ।

यो परीक्षणमा भाग लिएर तपाईं आफ्नो जीवनशैलीका बारेमा थाहा पाउनुहुन्छ अनि छिट्टै मृत्युको मुखमा पुग्नबाट पनि जोगिनुहुन्छ । तपाईंले सिर्फ बसेर अनि उठेर प्वाइन्ट कमाउँदै परीक्षणमा भाग लिन सक्नुहुन्छ ।

शुरुमा तपाईं सजिलो गरी उभिनुस् र आफूनजिक कुनै फर्निचर वा अन्य वस्तु नभएको सुनिश्चित गर्नुस् । अनि खुट्टा क्रस गर्नुस् । यो अभ्यास तपाईं दश प्वाइन्टबाट शुरु गर्न सक्नुहुनेछ ।

यसरी खुट्टा क्रस गरेर उभिरहेको अवस्थामै भुइँमा बस्नुस् । यसो गर्दा तपाईंले खुट्टा र नितम्बबाहेक आफ्नै शरीरको अन्य अंग वा अरू कुराको सहायता लिन पाउनुहुन्न । तपाईंले हात वा कुहिनोको सहायता लिनुभयो भने एक प्वाइन्ट गुमाउनुहुन्छ । तपाईं ढुलमुल भएर सन्तुलन गुमाउनुहुन्छ तर आफूलाई सहायता गर्नुहुन्न भने आधी प्वाइन्ट गुमाउनुहुन्छ ।

अब खुट्टा क्रस गरेर बसिरहेकै अवस्थामा उभिनुस् । उभिनका लागि खुट्टाबाहेक अरू अंगको सहायता नलिनुस् । तपाईंको खुट्टाले मात्र भुइँ छुन पाउँछ । पहिला जस्तै तपाईंले खुट्टा र नितम्बबाहेक अन्य अंग प्रयोग गर्न पाउनुहुन्न । अरू अंग प्रयोग गर्नुभयो भने तपाईंले एक प्वाइन्ट गुमाउनुहुन्छ ।

त्यसपछि यो स्केलमा आफ्ना प्वाइन्टहरू नाप्नुस् । आठदेखि १० प्वाइन्ट पाउनुभयो भने तपार्ईंको स्वास्थ्य ठीक छ र तपाईं लामो समयसम्म बाँच्नुहुन्छ ।

६ देखि ७.५ प्वाइन्ट पाउनुभयो भने तपाईंले स्वास्थ्यमा अलिक ध्यान पु–याउनुपर्छ तर ठूलो जोखिम छैन ।

३.५ देखि ५.५ प्वाइन्ट चाहिँ खतराको संकेत हो । तपाईंको स्वास्थ्यमा समस्या छ । तपाईं माथिका क्याटेगोरीका मानिसको तुलनामा ५ वर्ष कम बाँच्नुहुन्छ ।

शून्यदेखि तीन प्वाइन्ट पाउनुभयो भने चाहिँ तपाईंको स्वास्थ्य ध्वस्त नै छ र आगामी ६ वर्षमा तपाईंको मृत्यु हुन सक्छ ।

हुन त यो परीक्षण सबैका लागि सुहाउँदो छैन । बाथरोग लागेका वा घुँडा र नितम्बमा समस्या भएकाहरूले जोखिम नलिएको बेश ।


तर आठ प्वाइन्टभन्दा कम आयो भने चाहिँ मांसपेशीलाई तन्दुरुस्त बनाउनुपर्छ है !

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्