१६ असार २०८३, मंगलबार

१३ वर्षमा पहिलो पटक ‘रिजेक्ट’ भए धोनी , कारण यस्तो

कात्तिक २०, २०७४
१३ वर्षमा पहिलो पटक ‘रिजेक्ट’ भए धोनी , कारण यस्तो
१३ वर्षको क्रिकेट करियरमा महेन्द्र सिंह धोनी पहिलोपटक अस्विकृत भएका छन् । आईपीएल फ्रेन्चाइजी राइजिंग पुणे सुपरजायंट्सले कडा कदम चाल्दै उनलाई कप्तानीबाट हटाएको छ । भारतीय टीमका सवैभन्दा सफल कप्तान धोनीले २०१४ मा स्वयं टेस्ट म्याचबाट सन्यास लिने फैसला गरेका थिए ।

सनु २०१७ को सुरुवातमा भारतको कप्तानी छोड्ने फैसला उनले गरेका थियो । धोनी एकमात्र खेलाडी हुन् जसले अहिलेसम्म आईपीएलले सबै ९ सत्राको कप्तानी गरेका थिए ।

राइजिंग पुणे गत वर्ष चेन्नाई सुपर किंग्स र राजस्थान रोयल्सलाई निलम्बन गरेसँगै आईपीएलमा सहभागी भएको थिया । यस्तै गुजरात लायन्स पनि गत वर्ष सामेल भएको थियो ।

यसका कप्तान सुरेश रैना हुन् । जो धोनीको कप्तानीमा चेन्नाई टीममा खेलिसकेका छन् । आइपीएलको दुवै नयाँ टिमका लदागि खेलाडी लिलामीमा पुणेले महेन्द्र सिंह धोनीलाई १२.५ करोड भारुमा किनेको थियो ।

कप्तानीमा असफल

धोनीको कप्तानीमा आइपीएल २०१६ मा पुणेको टीम पूर्ण रुपमा फ्लप सावित भएको थियो लिग चरणका १४ भिडन्त मध्ये ५ मा मात्र उसले जीत हात पारेको थियो । जवकी ९ मा उसले हार वेहो¥यो । यसका साथै उ ७ औं स्थानमा रहेको थियो । यस बीच धोनीको व्याट्सबाट एक मात्र अर्धसतक आएको थियो । उनले १२ पारिमा २८४ रन बनाएको थियो ।

चेन्नाईजस्तो सफलता दिएनन्

धोनीले सन् २००८ को पहिलो सीजनमा आईपीएलमा कप्तानी सम्हालेको थियो । उनकै नेतृत्वमा चेन्नाई सुपरकिंग्स दुई पटक २०१० र २०११ मा आईपीएल च्याम्क्पियन बनाएका थिए । उनको कप्तानीमा चेन्नाईले चार पटक फाइनल खेलेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्