
काठमाडौं– सरकारले बलाधिकृत रथी पूर्णचन्द्र थापालाई महारथीमा बढुवा गरी नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष प्रस्ताव गर्ने निर्णय गरेको छ ।
आइतवार बसेको मन्त्रिपरिषद बैठकले बलाधिकृत रथी थापालाई भदौ २४ गतेदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गाकुल बाँस्कोटाले जानकारी दिए ।
हालका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले भदौ २४ गते नै अवकाश पाउँदैछन् । अवकाशपूर्व एक महिना अगाडिदेखि विदामा बस्ने प्रचलनअनुसार क्षेत्री अहिले बिदामा छन् । साउन २४ देखि क्षेत्री विदामा बसेयता बलाधिकृत रथी थापाले कायमुकायम प्रधानसेनापतिको रुपमा जिम्मेवारी सम्हालिरहेका छन् ।