
पोखरा– नेपाल कृषि अनुसन्धान परिषद नार्कको पुनर्संरचना सम्बन्धी २ दिने बृहत् अन्तर्कृया कार्यक्रम पोखराको लुम्लेमा शुरु भएको छ ।
कार्यक्रममा नार्कको पुनर्संरचनाका समस्या चुनौती र फाइदाबारे छलफल हुनेछ । कार्यक्रममा कृषि मन्त्री चक्रपाणी खनाललगायत कृषि वैज्ञानिकको उपस्थिति रहेको छ ।
नार्क २०४७ सालमा स्थापना भएको हो । हाल यसका १७ वटा महाशाखा र ६२ वटा कार्यालय रहेका छन् । नार्कले २०० भन्दा बढी बालीको सिफारिस गरिसकेको छ भने ३१६ वटा बालीको विकास र १४ हजार बालीको स्रोत संरक्षण गरेको छ ।