२० असार २०८३, शनिबार

डिश होम फ्री अफर शुरू

डिश होम फ्री अफर शुरू

काठमाडौं –  एक मात्र स्याटलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक डिशहोमले उपभोक्ता माझ ‘डिश होम फ्री अफर’ योजना ल्याएको छ । 

योजना अन्तर्गत ग्राहकले डिश होम रिचार्ज गर्दा जडान उपकरण सित्तैमा प्राप्त गर्न सक्ने छन् । योजना भदौ १ गते शुरू भइ सीमित अवधिको लागि लागू हुनेछ । सरकारले लागू गरेको अनिवार्य डिजिटलाइजेसनको नीति अनुसार ग्राहकलाई सजिलै गुणस्तरीय डिश होमको सेवा प्रदान गर्नका लागि र आमसर्वसाधारणलाई समेत सेवामा आकर्षित गर्न योजना लागू गरिएको जनाइएको छ ।

डिश होमको जडान उपकरण निःशुल्कमा पाउने भएपछि डिजिटल सेवा लिने ग्राहक गुणात्मक रुपमा वृद्धि हुने देखिएको जनाइएको छ । ‘सेट अप बक्स’ विनाको एनालग सेवा हेरिरहेका ग्राहकलाई योजना निकै आकर्षक हुने देखिएको छ । 

सन् २००९ मा स्थापित डिश होम नेपालको सबैभन्दा अग्रणी र गुणस्तरीय ‘पे टीभी’ सर्भिस हो । २४ घण्टा ग्राहक सेवा, हरेक वडामा दक्ष प्राविधिक, लोकप्रिय च्यानलका कारण डिश होमको सेवा लाखौं घरमा जडान भइसकेको छ । डिश होम केही समय अगाडि पब्लिक कम्पनीमा रुपान्तरण भइसकेको र छिट्टै सर्वसाधारणका लागि शेयर जारी गर्ने तयारीमा छ ।

salt training

कमेन्ट गर्नुहोस्